–ललेन्द्र शाक्य
कीर्तिपुरका राजेश महर्जन नेवाः र रत्नशोभा महर्जनको धमाकेदार नेपालभाषाको “का नु वने जिमिथाय् मैंचा…” गीतको म्यूजिक भिडियो श्रावण १७ गते शनिबार विहान १० बजे कीर्तिपुर सिनेप्लेक्स हलबाट रिलिज हुने भएको छ ।
“का नु वने जिमिथाय् मैंचा…” बोलको युगल गीतका साथ कीर्तिपुर १ वडा थांबहाल टोलका संगीतकर्मी राजेश महर्जन नेवाः फेरि सांगितिक आकाशमा देखिएको छ ।
स्वयं राजेश महर्जनेवाःको कम्पोजका साथ गीत रचना रहेको र आफैले स्वर दिनुभएको यस गीतमा कीर्तिपुरकी चर्चित गायिका रत्नशोभा महर्जनले राजेश महर्जन नेवाःलाई अति माधुर्यता एवं आकर्षक स्वरबाट साथ दिनुभएको छ । यस गीतका संगीत संयोजक चर्चित संगीतकर्मी जीवित जल्मी हुनुहुन्छ भने रिकर्डिष्ट स्ट्रीङ्स रिकर्डिङका हरिशरण सायमि हुनुहुन्छ ।
“का नु वने जिमिथाय् मैंचा…” म्यूजिक भिडियो ने.सं. ११४५ गुँलाथ्व अस्तमि (२०८२ श्रावण १७ गते) शनिबार कीर्तिपुर पांगामा रहेको कीर्तिपुर सिनेप्लेकस हलमा विहान १० बजे सार्वजनिक हुने कार्यक्रम रहेको छ ।
कीर्तिपुर १ वडास्थित थांबहाः दाफा लः तथा नेवाः लहना कीर्तिपुरका संयुक्त प्रस्तुति रहेको उक्त “का नु वने जिमिथाय् मैंचा…” म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल प्रमुख अतिथिको रुपमा उपस्थित हुने जानकारी गायक राजेश महर्जन नेवाःले दिनुभएको छ ।
कीर्तिपुर नगर प्रमुख एक बरिष्ठ संगीतकर्मी पनि हुनुभएको कारण नगर प्रमुख डंगोललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको जानकारी पनि गायक राजेश महर्जन नेवाःले दिनुभएको छ ।
राजेश महर्जन नेवाःले दिनुभएको जानकारी अनुसार उक्त “का नु वने जिमिथाय् मैंचा…” म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा बरिष्ठ संगीतकर्मी दीप श्रेष्ठ, जुजुकाजी रंजित, संगीत अन्वेषक रामकृष्ण दुवाल, लोककवि राजभाई जकःमि, ज्ञानेश्वर निभाःका साथैं विभिन्न संगीतकर्मीहरु अतिथिको रुपमा उपस्थित हुनेतथा सार्वजनिक हुने “का नु वने जिमिथाय् मैंचा…” म्यूजिक भिडियोको समीक्षा बरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले गर्नु हुनेछ ।
उक्त “का नु वने जिमिथाय् मैंचा…” म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा आयोजक थांबहाः दाफा खलःका अध्यक्ष एवं कीर्तिपुर नगरपालिकाका पूर्व नगर प्रमुख रमेश महर्जन एवं नेवाः लहनाका अध्यक्ष राजमान मानवका साथै बिभिन्न वडाका वडा प्रमुखहरुको उपस्थिति पनि रहने गायक राजेश महर्जनले जानकारी दिनुभएको छ ।
यस्तै, उक्त कार्यक्रममा थांबहाः दाफा खलःका गीत गुरु चक्रमान महर्जन तथा बाजा गुरु चिरिभाई महर्जन “हाकुम्ह गुरुबा”लाई विशेष सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।
सार्वजनिक हुनलागेको “का नु वने जिमिथाय् मैंचा…” म्यूजिक भिडियोका निर्देशक राजन शाही हुनुहुन्छ भने छायाँकन एवं सम्पादन मनोजरत्न शाहीको रहेको छ ।
यस्तै, उक्त म्यूजिक भिडियोमा सुन्दरी कलाकार राष्ट्रिका शाक्य तथा अनुज शाक्यको प्रमुख भूमिका रहेको छ ।
कीर्तिपुरको लायकू परिसरदेखि विभिन्न क्षेत्र एवं मनकामनामा छायाँकन गरिएको उक्त “का नु वने जिमिथाय् मैंचा…” म्यूजिक भिडियोमा श्रीकृष्ण महर्जन लामा, दुर्गा महर्जन, हर्ष महर्जन, जमुना महर्जन, धनबहादुर महर्जन, जग्गु महर्जन, रोजेश शाक्य, प्रमिला शाक्य, नसला महर्जन, सोनुरोज महर्जन, हसना महर्जन तथा थांबहाः दाफा खलःका साथै सोह्र जोडी समूहका कलाकारहरुको अभिनय रहेको छ ।
“का नु वने जिमिथाय् मैंचा…” म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रमका आयोजक एवं म्यूजिक भिडियो प्रस्ततकर्ता थांबहाः दाफा खलः एवं नेवाः लहना कीर्तिपुरले श्रावण १७ गते शनिबार बिहान १० बजे कीर्तिपुरको पांगामा रहेको कीर्तिपुर सिनेप्लेक्स हलमा हुने उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पूर्णमा निमन्त्रण गरिएको छ ।