दक्षिणकाली नगरपालिका ७ वडास्थित उक्त मिनिटोलमा डेरा गरी बस्ने ३१ वर्षीय शेरबहादुर तामाङ मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृतक शेरबहादुर तामाङ आफ्नै डेरा कोठामा मृत फेला परेका हुन् ।
मृतक तामाङको स्थायी ठेगाना मोरङको केराबारी गाउँपालिका–४ रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटना शंकास्पद नरहेको बताइएको छ ।