24.5 C
Kirtipur
Tuesday, September 16, 2025

पूर्वमन्त्री एवं ललितपुर नगर पूर्व मेयर बुद्धिराज बज्राचार्यको निधन

Must read

ललितपुर/पूर्वमन्त्री एवं तत्कालीन ललितपुर नगरपालिकाका पूर्वमेयर बुद्धिराज बज्राचार्यको निधन भएकोछ ।
बज्राचार्य शनिबार ८९ वर्षको उमेरमा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
दिवंगत बज्राचार्यका कान्छो छोरा आइतबार विदेशबाट फर्किसकेपछि अन्तिम दाहसंस्कार गरिएको छ ।
२०६१ सालमा पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त हुनुभएका बुद्धिराज बज्राचार्य २०६० सालमा ललितपुर नगरपालिकाका मेयर हुनुभएको थियो ।
बज्रचार्यले २०२७ सालमा तत्कालीन ललितपुर पंचायत १७ वडाको वडाध्यक्ष भई जनसेवा गर्नुभएको थियो । यस्तै वि.सं. २०३२ सालमा पहिलो पटक ललितपुरमा प्रधानपञ्चको रुपमा कार्य गर्नुभएको थियो भने २०४६ सालमा प्रजातन्त्र आइसकेपछि २०५४ सालमा नेकपा एमालेबाट ललितपुर नगरपालिकाको मेयर हुनुभएको थियो ।
यस्तै, बज्राचार्यले २०३६ सालदेखि २०३७ सालसम्म ललितपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष, २०३८ सालमा संघका कार्यबाहक अध्यक्ष भई योगदान गर्नुभएको थियो ।
बज्राचार्यको अन्तिम दाहसंस्कार नख्खुको यप्पा घाटमा भएको छ ।
अन्तिम श्रद्धाञ्जलि अर्पणका लागि दिवंगत बज्राचार्यको पार्थिव शरिर ललितपुरको पुल्चोकस्थित अक्षेश्वर महाविहारमा दिउँसो १२ बजेदेखि २ बजेसम्म राखिएको थियो ।
दिवंगत बज्राचार्य बौद्ध विहार संघ एवं अक्षेश्वर महाविहार संरक्षण समितिका संरक्षक एवं चक्रेश्वर आःजु हुनुहुन्छ ।
दिवंगत बुद्धिराज बज्राचार्य एक कुशल संगीतकर्मी पनि हुनुहुन्छ । उहाँ ललितपुरमा संगीत क्षेत्रमा पनि चर्चित हुनुहुन्छ । उहाँ हार्मोनियम बजाई गीत पनि गाउनु हुन्छ । उहाँसंगीत क्षेत्रमा ललितपुरमा “कोकिलमान” उपनामबाट चर्चित हुनुहुन्छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article