19.3 C
Kirtipur
Tuesday, September 16, 2025

कीर्तिपुर नगपालिकाको भवनमा अस्पताल राख्ने उपप्रमुखको प्रस्ताव प्रमुखद्धारा अस्वीकार

Must read

जेठ २२ गते

कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिताले कीर्तिपुर नगरपालिकाको बर्खाहितस्थित प्रशासनिक भवनमा नगर अस्पताल संचालन गर्नका लागि प्रस्ताव गर्नु भएको छ । विष्णुदेवी अस्पतालको २४ घण्टे सेवा संचालन भएको घोषणा गरेको कार्यक्रममा उपप्रमुख शाक्यले सो प्रस्ताव गर्नु भएको हो । उहाँले नगरपालिकाको भवन अन्य स्थानमा निर्माण गर्न पनि प्रस्ताव गर्नु भयो । गत जेठ २० गते कीर्तिपुर नगरपालिकाका मेयर, वडा अध्यक्षहरु साथै राजनीतिक दलका प्रतिनिधिहरु सहभागी भएको उक्त कार्यक्रममा उपप्रमुख शाक्यले सो प्रसताव गर्नु भएको हो । अस्पतालका लागि भवन नपुग रहेको चर्चा गर्दै उपप्रमुखले गर्नु भएको प्रस्तावलाई प्रमुख कृष्णमान डंगोले अस्वीकार गर्नु भयो । उपप्रमुखले हालको नगरपालिका भवनमा अस्पताल राख्ने भनी गर्नु भएको प्रस्तावबारे बोल्दै मेयर डंगोले अस्पतालका लागि नगरपालिकाको भवन भएको स्थान पनि ठिक छैन भन्नु भयो । नगर प्रमुख डंगालले हाल विष्णुदेवी अस्पताल रहेको स्थानमा नै स्तर उन्नती गर्दै पाँच तल्ला बनाउने योजना रहेको र आफ्नो सपना रहेको बताउनु भयो । उहाँले स साना स्थालनलाई पनि उपयोग गर्ने गरि अघि बढ्नुपर्ने कुरामा जोड दिनु भयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article