चैत्र ९ , नेवाः पत्रकार राष्ट्रिय दबूको १३ औं साधारण सभामा ६ जना नेवाः पत्रकारहरुलाई पुरस्कार सहित सम्मान गरेको छ ।
शनिवार चैत्र ९ गते मध्यपुर थिमिमा भएको उक्त कार्यक्रममा विभिन्न पुरस्कार प्रदान गरेको हो ।
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कार जुजुमान महर्जन, भिक्षु कुमार काश्यप स्मृति पत्रकारित पुरस्कार रामराजा बज्राचार्य, ज्ञानज्याति लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार सुरशे सैंजु, बाबुराजा फोटो पत्रकारित पुरस्कार मनोजरत्न शाही, ज्ञानदेवी मणि स्मृति पुरस्कार नविन जोशी, र श्रीराम स्मृति पत्रकारिता पुरस्कार निशा श्रेष्ठलाई प्रदान गरेको थियो ।
प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सम्मान पत्र प्रदान गर्नु भएको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रम महासचिव केके मानन्धरले संचालन गर्नु भएको हो ।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, निर्वतमान अध्यक्ष सुरजवीर बज्राचार्य, सल्लाहकार विजयरत्न असंबरे, बरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले नेवाः पत्रकार राष्ट्रिय दबू र नेवाः पत्रकारहरुको बारेमा आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघमा निर्वाचत र आदिवासी जनजाति पत्रकार महासंघमा निर्वाचित नेवाः पत्रकारहरुलाई पनि सम्मान पत्र प्रदान गरेको थियो ।
फोटो : सुरेश श्रेष्ठ / नेवा: पत्रकार राष्ट्रिय दबू

