20.8 C
Kirtipur
Tuesday, September 16, 2025

कीर्तिपुरको मुर्ति अष्ट्रियामा लिलाममा राखिने, कीर्तिपुर नगरपालिकाले ध्यान दिनुपर्ने

Must read

६ ,चैत कीर्तिपुरको बाघभैरव स्थानवाट चोरी भएको १७ औं शताब्दीको गणेशको मूर्ति अव भने अष्ट्रियाको एक ग्यालरीमा बेच्न लिलामका लागि राखिने भएको छ । आउदो अप्रिल १० र ११ तारिक चैत्र २८ र २९ गते उक्त मूर्ति बेच्नका लागि राखीने कुरा लिसा डंगोलले बताएका छन् । कीर्तिपुर नगाउँका लिसाले सामाजिक संचाल फेसबुकमा समेत यो कुरा लेख्नु भएको छ । उहाँले कीर्तिअनलाइनसंग कुृरा गर्दै भन्नु भयो ‘कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव परिसरवाट गणेशको मूर्ति चोरी भएको थियो पछि अमेयिरकाको सनफ्रान्न्सिरकोस्थित संग्रहालयमा फेला प¥यो । अन्तिम पटक मैले उनीहरको वेभसाइट जाँच गर्दा, उनिहरुले आफ्नो सूचिबाट यो मूर्ति हताएको थियो । उक्त मूर्ति फिर्ता ल्याउनका लागि कीर्तिपुर नगरपालिकामा पनि अनुरोध गरें । अहिले उक्त मुर्ति आउदो अफ्रिल १० र ११ तारिक चैत्र २८ र २९ गते विक्रिको लागि अष्ट्रियाको ग्यालरीमा राख्दैछ । उक्त मूर्तिको मूल्य २० हजार युरो राखिएको छ । यो अवस्थामा कीर्तिपुर नगरपालिकाले केहि पलह गर्नुपर्ने देखिन्छ । यसका लागि कीर्तिपुरका पत्रकारहरुले पहल गरिदिनु हुन अनुरोध गर्दछु ।’
अहिले विभिन्न मूर्तिदेखि पुराना सामानहरु समेत फिर्ता ल्याउने अभियान नै एृक किसिमको संचालन भइरहेको अवस्थाकमा कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव क्षेत्रको उक्त मुर्ति अष्ट्रियाको ग्यालरी जैकेमा राखी विक्रि गर्न लागेको कुरालाई ध्यानमा राखी कीर्तिपुर नगरपालिकाले कुनै नै कुनै किसमबाट सो मूर्तिको बारेमा पत्राचार गर्नुपर्ने देखिन्छ । यस विषयमा कीर्तिपुरवासीले पनि ध्यान दिनु जरुरी छ । कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरवस्थित इनाय् फल्चासंगै प्रजा दबलिको उत्तरतिरमा हाल गणेशको मूर्ति छ । सो स्थानको मूर्ति हराएपछि उक्त स्थानमा अर्को गणेशको मूर्ति निर्माण गरि विक्रम संवत २०५९ साल स्थापना स्थानीयहरुले स्थापना गरिएको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article