कीर्तिपुर नगरपालिकाले जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधी दिदै आएको हो तर यसपालि भने समयमा नै औषधि नपाएपछि समस्या भएको छ । जेष्ठ नागरिकहरुले नगरपालिकावाट निःशुल्क पाउने औषधि समयमा नपाएपछि कीर्तिपुरमा अहिले चर्चाको विषय बनेको छ । कीर्तिपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले औषधी वितरण हुन नसकेको कारण औषधी सप्लायरले समयमा औषधी नल्याउकोले हो भन्नु भयो । कीर्तिअनलाइनसंग कुरा गर्दै उहाँले भन्नु भयो ‘६ बर्ष भित्र यति ढिलो कहिले पनि भएको छैन । प्रक्रिया पनि ढिला भएको हो । सप्लायर्सले पनि ढिलो गरेको हो । दैनिक रुपमा औषधि ल्याउन त ल्याइरहेको छ तर सबै ल्याएको छैन । कीर्तिपुरमा वितरण गर्नुपर्ने औषधि ४ सय परिकारका छन् । सबै ल्याइसकेपछि प्याकिङ गर्नु पर्छ । कीर्तिपुर नगरपालिकामा १७ सय जनाका लागि प्याकिङ गर्नु पर्छ । सम्पूर्ण औषधि ३ दिन भित्र सबै ल्याउछु बनेको छ सप्लायर्सले । त्यसपछि प्याकिङ ५ दिन जति लाग्छ । करिव एक हप्ता पछि मात्र । अर्को महिनादेखि यो बर्षमा समस्या हुदैन ।’ कीर्तिपुर नगरपालिकका स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले कीर्तिपुर नगरपालिकामा जेष्ठ नागरिकहरुलाई निःशुल्क दिने औषधि यस बर्षका लागि मात्रै करिव ४ करोडको हाराहारीमा छ । उहाँले भन्ने भयो ६ बर्ष अघि ३०–३५ लाखको औषधिवाट शुरु भएको हाल आएर औषधि लिनका लागि पनि बसाई सराई गर्दै आएकाहरु बढ्दै गएको छ । यो अहिले वितरणमुखी हुदै गएको छ । समयमै बिचार नगरे समस्या झन झन बढ्दै गएको छ ।’
कीर्तिपुरका जेष्ठ नागरिकहरुलाई एक हप्ता पछि मात्र औषधि आउने
