19.3 C
Kirtipur
Tuesday, September 16, 2025

१५ औं नेवाः एकता दिवस तोखामा गर्ने

Must read


प्रत्येक बर्ष नेपाल संवतको तिथि अनुसार पोहेलाथ्व नवःमिको दिनमा मनाउदै आएको नेवाः एकता दिवस यसपालि ऐतिहासिक नेवाः वस्ती तोखामा गर्ने भएको छ । १५ औं नेवाः एकता दिवस तोखामा गर्ने तयारीको क्रममा आज मंगलवारको दिनमा नेवाः देय् दबूको संयोजनमा विभिन्न राजनीतिक दलका नेवाः संगठन, नेवाः खलः पुचःदेखि विभिन्न संगठनका प्रतिनिधिहरुवीच छलफल गरी आउँदो पुष २४ गते बुधवार १५ औं नेवाः एकता दिवस भब्य रुपमा सम्पन्न गर्ने बारेमा छलफल भयो । नेवाः देय् दबूका केन्द्रीय नायो पवित्र बज्राचार्यको अध्यक्षतामा काठमाण्डौमा भएको उक्त छलफलमा देय् दबूका महासचिव सत्यनारायण डंगोल, स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, नेवाः मुक्ति मोर्चाका दिलिप महर्जन, लोकतान्त्रिक नेवाः दबूका अध्यक्ष भगवान शाक्य, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजु, जनता समाजवादी नेवाः संघ मू पुचःका अध्यक्ष ज्ञानेन्द्र बज्राचार्य, महाचिज सरलगोपाल महर्जन, आदिवासी नेवाः राजनीतिक अभियानका पूर्व अध्यक्ष श्रीकृष्ण मानन्धर, नेवाः जागरण मञ्चका अध्यक्ष सुजिब बज्राचार्य, नेवाः देय् गुथि नेपाल मण्डलका विजय रञ्जीत लगायतका विभिन्न ब्यक्तित्वहरु सहभागी भएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article