पनौतिमा आउदो माघ ५ गते शुक्रवारका दिनमा हुने १४ औं नेवाः एकता दिवसमा नेवाः संघर्ष समिति घोषणा गर्नेभ एको छ । नेवाः देय् दबूको आयोजनामा विभिन्न राजनीतिक पार्टीका नेवाः संगठन, नेवाः खलः पुचःदेखि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश, उपत्यकाका जिल्ला र पालिका समििितका प्रतिनिधिहरुको सहभागीतामा भएको बैठकले सो निर्णय गरेको हो । बुधवार पुष २५ गते देय् दबूको केन्द्रीय समितिको बैठकमा ब्यापक छलफल पछि नेवाः संघर्ष समिति घोषणा गरि अघि बढ्ने निर्णय गरेको हो ।
नेवाः अधिकारका लागि नेवाः संघर्ष समिति गठन गरि अघि बढ्नुपर्ने ठहर गर्दै राजनीतिक दलका नेवाः संगठन, नेवाः खलः पुचः सहित सहभागी गराई संघर्ष समिति गठन गर्ने समेत निर्णय गरेको हो ।
नेवाः एकता दिवस पनौतिमा भब्य रुपमा सफल पार्नका लागि आवश्यक तयारी गर्ने र उपत्यकाका विभिन्न स्थानवाट पनि सहभागीताका लागि पहल गर्ने समेत निर्णय गरेको छ । माघ ५ गते शुक्रवारका दिन नेवाः एकता दिवसमा सांस्कृतिक झाँकी सहित प्रदर्शन गरि पनौतिको लायकूमा सभा गर्ने तयारी गरेको छ ।
