कीर्तिपुर नगरपालिकाको चौथो नगरसभाको अधिवेशन उद्घाटन कार्यक्रम पुष २५ गते बुधवार सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व मन्त्री एवं संघीय सांसद राजन केसीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री एवं सांसद केसीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको पनि काम गर्ने भएकोले स्थानीय सरकार हो भन्नु भयो । उहाँले धेरै संभावना भएको कीर्तिपुर शहर भएको बताउदै काम गर्न सक्ने घेरै क्षेत्रहरु रहेको बताउदै कीर्तिपुरलाई हाम्रो कीर्तिपुर राम्रो कीर्तिपुर बनाउनु जरुरी छ भन्ने भयो । सांसद केसीले कीर्तिपुरको विविधतालाई एकीकृत गरि अघि बढ्नुपर्ने समेत बताउनु भयो । कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिताले स्वागत मन्तब्य दिनु भएको उक्त कार्यक्रममा नगरपालिकाका सल्लाहकारहरुको तर्फवाट बद्रि लाल महर्जनले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमका सभापति नगरपालिकाका मेयर राजकुमार नकर्मीले हामी बाटोलाई व्यवस्थित गर्न चाहन्छौं तर राष्ट्रिय योजनाहरु आउछन् कीर्तिपुरका वाटोलाई नष्ट गर्ने काम गरेका कारणले समस्या सृर्जना भएको बताउनु तैपनि नगरापलिकाले प्याचिङ गर्ने काम भइरहेको समेत बताउनु भयो । समन्वय जति हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन भन्नु भयो । देशभरी नै स्थानीय नगरपालिकाले नगरेको काम ५० प्रतिशत स्वास्थ्यमा सुविधान दिने काम भएको छ, यो नमुनाको काम हो भनी मेयर नकर्मीले बताउनु भयो । साथै उहाँले स्नातक सम्म नगरवासीलहरुलाई निःशुल्क पढाउने व्यवस्था गरेको बताउनु भयो । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले कीर्तिपुरमा ४० माइकोक्रन भन्दा कमको प्लास्टिक प्रतिवन्ध लगाने काम पनि सुरु भइरहेको समेत बताउनु भयो ।
