असार ७ बिहीबार, केके मानन्धर: सानाेथिमिमा सञ्चालित ओम बृद्धाश्रमकाे लागि सिवा साय्मि खलःले खाद्यान्न सहयाेग गरेकाे छ । केही समय अगाडि निगुपुखूमा सम्पन्न भएकाे वः फेस्टिभलमा खलःकाे महिला समुहले समय्बजि र यःमरीकाे स्टल राखेकाे थियाे । साेही स्टल राखेर नाफा भएकाे रकमबाट बृद्धाश्रममा आश्रय लिइरहनु भएका आमाबुवाकाे लागि आवश्यक हुने खाद्यान्न सहयाेग गरेकाे हाे । खाद्यान्न सहयाेग हस्तान्तरण कार्यक्रममा खलःका अध्यक्ष मनाेजलाल मानन्धर, बृद्धाश्रमका सञ्चालक गणेशमान श्रेष्ठ तथा महिला समुहका सदस्यहरूकाे उपस्थिति थियाे । छाेराछाेरी भएर पनि असहाय बनेका आमाबुवा, पारिवारिक समस्याका कारणले बेसहारा बनेका जेष्ठ नागरिकहरूलाई आेम बृद्धाश्रमले आश्रय दिंदै अाएकाे छ । तपाइँ पनि आमाबुवाकाे लागि केही गर्न चाहनुहुन्छ भने आश्रममा सम्पर्क गर्न सक्नुहुन्छ । पछिल्लो समय सम्पत्तिकै लागि भगवान रूपी आमाबुवालाई घरबाट विमुख गरेर बृद्धाश्रममा आश्रय लिन बाध्य बनाउने छाेरा बुहारीहरूकाे संख्यामा वृद्धि भएकाे देखिन्छ । यस्ता कुपात्रहरूकाे बुद्धिमा समयमै घाम लाग्नु जरूरी छ । नत्र हामीले अाफैलाई सामाजिक प्राणी भन्न पनि लाज लाग्नेछ । (गणेशमान श्रेष्ठ, ओम् वृद्धाश्रम सानाेथिमि ।)
फाेटाे- Manoj Manandhar, Laxmi Mdr