18.4 C
Kirtipur
Saturday, September 20, 2025

कलममसीमा शिवको ठूलो मूर्ति बन्ने

Must read

भक्तपुर । कलममसीमा शिवको ठूलो मूर्ति बन्ने भएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्न मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले एक अर्ब रुपैयाँ खर्चेर शिवको मूर्ति बनाउन लागेको हो ।

१ सय ८ रोपनी क्षेत्रफलमा बनाइने उक्त मूर्ति १ सय ८ फिट अग्लो हुनेछ । यो क्षेत्रमा शिवको मूर्तिबाहेक बुद्ध, मायावती, बुद्धका ७ पाइला, श्री १ सय ८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति पनि राखिने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष विष्णुजंग बस्नेतले जानकारी दिए । 

‘हिन्दू धर्मावलम्बीलाई धार्मिक प्रेरणा दिन र धार्मिक पर्यटन प्रवर्द्धन गर्न मूर्ति बनाउन लागेका हौँ । पाँच वर्षभित्र निर्माणको काम सक्ने लक्ष्य छ,’ उनले भने । मूर्तिको शिलान्यास फागुन ४ मा प्रतिष्ठानका अध्यक्ष शिव तान्त्रिक गुरु, संरक्षक रामकृष्ण कर्मचार्यलगायत हजारौं भक्तजनको उपस्थितिमा गरिने बताइएकाे छ  । 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article