19.3 C
Kirtipur
Tuesday, September 16, 2025

बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जित्याे

Must read

काठमाडौं । चीर प्रतिद्वन्द्वी रियल मड्रिडमाथि सहज जितसँगै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि उचालेको छ । क्लबका पूर्वमहान खेलाडी जाभीले प्रशिक्षक संहालेयता बार्सिलोनाले पहिलो उपाधि जितेको हो

। साउदी अरबमा खेलिएको यो एल क्लासिकोमा ला लिगा लिडर बार्सिनोलाले रियललाई दबाबमा राखेको थियो । १८ वर्षीय गाभीले रोवर्ट लेवान्डोस्कीको पासमा गोल गरेपछि ३३औं मिनेटमा बार्सिलोनाले अग्रता बनाएको हो ।

पहिलो हाफ सकिनु केही मिनेटअघि गाभीको पासमा लेवान्डोस्कीले गोल गरी अग्रता बढाए । दोस्रो हाफमा पेड्रीले गरेको गोलका लागि पनि गाभीले नै बल उपलब्ध गराएका थिए । रियल मड्रिडका लागि करिम बेन्जेमाले इन्जुरी समयमा सान्त्वना गोल फर्काए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article