24.5 C
Kirtipur
Tuesday, September 16, 2025

पाइलट अञ्जु खतिवडाकाे सपना चकनाचुर

Must read

काठमाडौं । श्रीमान्‌को विमान दुर्घटनामा निधन भएपछि पाइलट बनेकी अञ्जु खतिवडा पनि विमान दुर्घटनामै परेकी छन्।

विराटनगरकी अञ्जुको काठमाडौंको बुढानीलकण्ठका दीपक पोखरेलसँग विवाह भएको थियो। पोखरेल यती एयरलाइन्सको विमानमा को–पाइलट थिए। उनी को–पाइलट रहेको बेला सन् २००६ मा जुम्लामा यतीको विमान दुर्घटना भएको थियो। सुर्खेतबाट जुम्ला उडेको उक्त विमान दुर्घटना हुँदा को–पाइलट पोखरेलसँगै ९ जनाले ज्यान गुमाएका थिए।

पाइलट श्रीमान्‌को विमान दुर्घटनामा ज्यान गुमाएर पारिवारिक वियोगमा रहेकी अञ्जुले पनि पाइलट नै बन्ने अठोट गरिन्। त्यसपछि उनले आफ्नो अध्ययन पाइलटतर्फ मोडिन्। अमेरिका गएर पाइलट कोर्ष पूरा गरिन्। अञ्जुले नेपालमा झण्डै १०० उडान भरिसकेकी थिइन्। उनै को–पाइलट अञ्जुले श्रीमान्‌कै जस्तो नियति भोग्नुपर्‍यो।

विमान दुर्घटनामा श्रीमान् गुमाएको झण्डै १७ वर्षपछि अञ्जु पनि दुर्घटनामा परिन्। आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा अञ्जुसँगै ७२ जना परेका छन्। विमानमा चालक दलका सदस्य ४ र बाँकी ६८ जना यात्रु रहेका थिए।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको नाइन एन–एएनसी, एटीआर–७२ वायुयान पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। बिहान करिब १० बजेर ५४ मिनेटमा दुर्घटना भएको हो।

दुर्घटनामा परेकामध्ये अहिलेसम्म ६४ वटा शव निकालिसकिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article