21 C
Kirtipur
Monday, July 7, 2025

सुदूरपश्चिम प्रदेशमा हालसम्म डेङ्गुले तीनजनाको मृत्यु

Must read

बैतडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म डेङ्गुले तीनजनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेङ्गुका कारण कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको हो । प्रदेशभर एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।   

कैलालीमा चार सय ३०, कञ्चनपुरमा दुई सय १४, दार्चुलामा तीन सय ३२,  डोटीमा ८४, बैतडीमा ७३, डडेल्धुरा र अछाममा ४०÷४०, बझाङमा ३३ र बाजुरामा २७ जनामा सङ्क्रमण देखिएको जोशीले बताउनुभयो ।    लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय भने घट्दै गएको छ । 

 गर्मी र वर्षातको समयमा सङ्क्रमण बढी देखिएको भए पनि हाल भने बिरामीको सङ्ख्या घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ वर्षातको समयमा दैनिक रुपमा बिरामी देखिने गरेकाले जोखिम निकै बढेको थियो, सङ्क्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था पनि आयो । हाल भने त्यो जोखिम भने घटेको छ ।”  वर्षातमा दैनिक रुपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।  रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article