13 C
Kirtipur
Friday, November 21, 2025

सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेपछि आन्दोलित

Must read

काठमाडौं । बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीका बासिन्दा आन्दोलित भएका छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलनमा उत्रेका हुन् ।

तोकिएको समयसम्म बस्ती खाली नगरिए काठमाडौं महानगरपालिका, अन्य सरोकारवाला निकायहरुसँगको सहयोगले लिएर भत्काउने चेतावनी समितिले दिएको छ ।

सूचना अनुसार अनाधिकृत संरचना खाली गराउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनी समितिले दिएको छ ।

सुकुम्बासी बस्तीका बासिन्दाहरुले बिहीबार बिहान माइतीघरमा जम्मा भएर बानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन् । उनीहरुले उक्त विरोध र्‍यालीलाई ‘खबरदारी र्‍याली सभा’को नाम दिएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article