20.8 C
Kirtipur
Tuesday, September 16, 2025

महिला ८७ केजी तौल समूहमा एपीएफकी नीशा बलालले स्वर्ण पदक जितिन्

Must read

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारत्तोलनमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो स्वर्ण पदक जितेको छ।

बुधबार पोखरा उद्योग वाणिज्य संघको हलमा महिला ८७ केजी तौल समूहमा एपीएफकी नीशा बलालले स्वर्ण पदक जितिन्। उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपीएफलाई पहिलो स्वर्ण दिलाएकी हुन्।

विभागीय टिमहरू नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब चम्किँदा जारी खेलमा एपीएफ मंगलबारसम्म ३ रजत र २ कास्यमा सीमित थियो। तर, तर, बुधबार उसले स्वर्ण जित्दै पदक तालिकामा कुल पदक संख्या ६ पुर्‍याएको छ।

प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन्। उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन्।

नेपाल पुलिसकी विद्या राईले बुधबारकै अर्को खेलमा स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जितेकी छन्। ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन्।

स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए। यस्तै, एपीएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य पदक जितिन्।

शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरिन् भने गण्डकीलाई पहिलो काँस्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाइन्। घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो।

२० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धा बुधबारदेखि सकिँदैछ। हालसम्म १६ स्वर्णको टुंगो लागेकोमा नेपाल प्रहरीले ९, नेपाल आर्मीले ४, सुदूरपश्चिमले २ स्वर्ण र एपीएफले १ स्वर्ण जितेका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article