19.3 C
Kirtipur
Tuesday, September 16, 2025

चिनियाँ राष्ट्रपति सी जिनपिंग तेस्रो कार्यकालका लागि तयारीमा 

Must read

चिनियाँ राष्ट्रपति सी जिनपिंग नेतृत्वमा बलियो रुपमा कायम छन् । दशकमा दुई पटक हुने नेतृत्व सम्बन्धी बहसमा उनी बलियो रुपमा रहेका छन् र आफ्ना सहयोगीहरुको नयाँ समूह निर्माण गर्न सफल भएका उनी ऐतिहासिक तेस्रो कार्यकालका लागि तयारी अवस्थामा रहेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनले पोलिट्ब्युरो स्थायी कमिटिका चार शीर्ष पद र केन्द्रीय समितिका आधा सदस्यलाई प्रतिस्धापित हुने साउथ चाइना मर्निंग पोस्टले जनाएको छ ।

नयाँ सदस्यहरु बारे यो हप्ताको अन्त्यसम्ममा जानकारी गराइने छ । हाल पार्टीको २० कंग्रेस भइरहेको छ । अक्टोबर २२ मा चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय समिति गठन हुनेछ । त्यसको भोलिपल्ट केन्द्रीय कमिटिको पहिलो पूर्ण बैठक बस्नेछ । त्यसले २५ सदस्यीय पोलिट्ब्युरो तथा सात सदस्यीय पोलिट्ब्युरो स्थायी कमिटि सम्बन्धी निर्णय गर्ने जनाइएको छ ।

तेस्रो कार्यकालका लागि पार्टीको नेतृत्वमा रहने तयारी गरेका सीले पार्टीको सर्वोच्च निकाय पोलिट्ब्युरो स्थायी कमिटिमा नयाँ सदस्य ल्याउने तयारी गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article