19.3 C
Kirtipur
Tuesday, September 16, 2025

उम्मेदवारको नामावली प्रकाशन

Must read

काठमाडाैं । निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरेको हो । 

आयोगले प्रतिनिधि सभातर्फका २ हजार ५ सय ३१ उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो ।

यस्तै आयोगले बुधवार बिहान  १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ । बुधवार ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका रहेकाे  छ ।

https://drive.google.com/file/d/1lqjdgFsJ_F7krJzwQWHuEl8IlYD-msM9/preview

#निर्वाचन आयोग

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article