22.2 C
Kirtipur
Tuesday, September 16, 2025

जसपाका मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवा बर्खास्त

Must read

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकको छलफलपछि जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ।

शीर्ष नेताहरुबीच आज जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भएको थियो ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव मन्त्री छन् । उनीहरूलाई जसपाले गत असारमा सरकारमा पठाएको हो ।

जसपाले सत्तागठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि मन्त्री हटाउन चौतर्फी दबाब बढेको थियो ।

बैठकमा आगामी मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषयमा पनि छलफल गरिने जनाइएको छ । 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article