24.5 C
Kirtipur
Tuesday, September 16, 2025

खोला तर्ने क्रममा बगेर दुई जना पुरुषको मृत्यु

Must read

दैलेख ।  दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा भैरबी गाउँपालिका-२ का ४३ वर्षीय बीरबहादुर थापा र महाबु गाउँपालिका-३ का कृष्णबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिए। उनका अनुसार मृतक थापा र बुढा नाताले सम्धी हुन्। 

बीरबहादुरले सम्धी कृष्णबहादुरलाई घर पुर्‍याउन जाँदा भैरबी गाउँपालिका-२ ढाडेमेली भन्ने ठाउँमा खोला तर्ने क्रममा दुवैलाई खोलाले बगाएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक दुवैको शव भैरबी गाउँपालिका-१ भीरखेत खोली बजारस्थित छामघाट खोलाको पुल नजिकै खोलामा भेटिएको डीएसपी शाहले बताए। ‘दुवै जनाको शव खोलामा थियो, खोलाबाट शव निकालेर पोस्ट मार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याईएको छ,’ डीएसपी शाहले भने।  

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article