22.2 C
Kirtipur
Tuesday, September 16, 2025

सानिमा बैंकले ग्राहकहरुको सुविधाका क्यास डिपोजिट मेसिन सञ्चालनमा

Must read

काठमाडौं ।  सानिमा बैंकले ग्राहकहरुको सुविधाका क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। उक्त मेसिनबाट ग्राहकहरु आफैंले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ।   

यस सुविधाबाट बैंकका ग्राहकलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ।

हाल उक्त मेसिनबाट ग्राहकले ५०० र १००० दरका १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन्। 

यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन्। हाल यो सुविधा बैंकको केन्द्रीय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ।   सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम सञ्जालहरु सञ्चालनमा रहेका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article