21.6 C
Kirtipur
Tuesday, September 16, 2025

कय्‌कु तां र थिमि दरबार

Must read


केके मानन्धर

कय्‌कु तां र थिमि दरबार केके मानन्धर ‘कय्‌कु तां’ मध्यपुर थिमि नगर प्रवेश गर्ने पश्चिम दिशाकाे प्रमुख द्वार हाे । हिटी, फल्चा, ध्वाखा, पुखूदेखि ऐतिहासिक मूर्त सम्पदाले भरिपूर्ण याे क्षेत्र केही वर्षअघि सम्म जीर्ण थियाे । तर अहिले प्रायः सबै सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । (पुनर्निर्माण सम्बन्धिका एकाध प्राविधिक समस्या सुल्झाउन बाँकी छ ।) ऐतिहासिक महत्व र जनश्रुती: तात्कालीन अवस्थामा पृथ्वीनारायण शाहले थिमिमा आक्रमण गर्दा यहि द्वारबाट गाेर्खाली सेना प्रवेश गरेकाे कथन छ । थिमिमा धावा बाेल्ने क्रममा गाेर्खाली सेनासँग जनस्तरले ढुंगा, इँट्टा लगायत घरेलु हतियार प्रयाेगगरी स्वस्फूर्त प्रतिकार गरेकाे थियाे भन्ने छ । तात्कालिक दरबारियाले आत्मसमर्पण गरेपनि असन्तुष्ट रहेकाे एक टुकडी स्थानियले गाेर्खालीलाई इँट्टा, ढुंगा लगायतका बस्तुले हानेकाे पाखा अर्थात स्थानिय भाषामा ल्वहंतं कयेकू तां भएर याे ठाउँ कालान्तरमा ‘कय्‌कु तां’ हुन पुगेकाे जनश्रुती छ । यहि तथ्यलाई थिमि दरबारबाट वडा दसैं सकेर एकादशीमा प्रदर्शन गरिने मल्ल कालीन युद्धको झझल्काे दिने खाँ पिहाँवइगु जात्राले थप बल प्रदान गरेकाे देखिन्छ । उहिले लाय्‌कू अर्थात दरबारसँग प्रत्यक्ष सम्बन्धित भनेकाे लाय्‌कू पःमां (अहिले पनि नियुक्त गर्ने चलन छ), कर्माचार्य, जाेशी, छुँ, प्याथः, कुटु, खड्गी लगायतका हुन् । साेही समावेशी समुदाय सहभागी भएर जात्रा गर्ने चलन विद्यमान छ । झट्ट तर्कलाई जनश्रुतीसँग संयाेजन गर्दा उहिलेका दरबारिया प्रमुख काजी भनेकै नायः पःमां (अहिले प्रधानमन्त्री सरह), जाेशी, छुँ लगायतकाे समुदाय प्रशासक, प्याथः, कुटु लगायतको समुदाय सैनिक तथा कर्माचार्य समुदाय पूजारीकाे रूपमा रहेकाे देखिन्छ । कायस्थ समुदायकाे अर्थ लेखापढी गर्ने वा मुनिम भन्ने हुन्छ । थिमिका कायस्थ (श्रेष्ठ)हरूकाे तात्कालिन दरबारसँग सम्बन्ध रहे/नरहेकाे मलाई ज्ञात छैन । तर कायस्थहरू उहिलेकाे लाय्‌कूमा लेखापालकाे रूपमा नियुक्ति पाएका हुनुपर्छ भन्ने मलाई लाग्छ । मध्यपुरमा खाँ पिहाँवइगु जात्रा र समाचार: मल्लकालीन युद्धको झझल्काे दिने खाँ पिहाँवइगु जात्रा मध्यपुरमा सम्पन्न भयाे । प्रत्येक वर्ष बडा दसैंकाे एकादशीमा याे जात्रा हुँदै अाएकाे छ । जात्रामा युद्धको बेलामा प्रयाेग हुने सेताे वस्त्र, जामा लगाएका, ढाल, तरबार र खड्ग भिडेका, फलामबाट निर्मित सिक्रिजडित टाेपी लगाएकाहरू युद्ध परेड खेलेर नगर परिक्रमा गर्छन् । तत्कालीन दरबारबाट निकालिने याे जात्रालाई थहनेया टाेलकाे रूपमा ईनाएटाेल, दुईपाेखरी हुँदै दिगु भैरव सम्म र काेहनेया टाेलकाे रूपमा दथुटाेल हुँदै बालकुमारीमा कुभिन्डाे काटेसँगै सम्पन्न गरिन्छ । दसैंकाे नवमीमा तलेजु भवानीलाई चढाएकाे बलि र काेतभित्र अवस्थित देवता र दरबारकाे राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ । विशेषगरी याे जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जाेशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायकाे प्रत्यक्ष संलग्नता देखिन्छ । जात्राकाे ऐतिहासिक पक्ष, महत्व र विशेषता विषयमा थप अनुसन्धान जरूरी छ । (अनुसन्धानमा तर्क र तथ्य जायज हुन्छ । तथ्यपरक अभिलेख प्राप्तिको लागि तर्क र जनश्रुतीले सहयाेग गरेकाे हुन्छ । सुन्दरमध्यपुरमा खाँ पिहाँवइगु जात्रा र समाचार:
मल्लकालीन युद्धको झझल्काे दिने खाँ पिहाँवइगु जात्रा मध्यपुरमा सम्पन्न भयाे । प्रत्येक वर्ष बडा दसैंकाे एकादशीमा याे जात्रा हुँदै अाएकाे छ ।
जात्रामा युद्धको बेलामा प्रयाेग हुने सेताे वस्त्र, जामा लगाएका, ढाल, तरबार र खड्ग भिडेका, फलामबाट निर्मित सिक्रिजडित टाेपी लगाएकाहरू युद्ध परेड खेलेर नगर परिक्रमा गर्छन् ।
तत्कालीन दरबारबाट निकालिने याे जात्रालाई थहनेया टाेलकाे रूपमा ईनाएटाेल, दुईपाेखरी हुँदै दिगु भैरव सम्म र काेहनेया टाेलकाे रूपमा दथुटाेल हुँदै बालकुमारीमा कुभिन्डाे काटेसँगै सम्पन्न गरिन्छ ।
दसैंकाे नवमीमा तलेजु भवानीलाई चढाएकाे बलि र काेतभित्र अवस्थित देवता र दरबारकाे राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ । विशेषगरी याे जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जाेशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायकाे प्रत्यक्ष संलग्नता देखिन्छ ।
जात्राकाे ऐतिहासिक पक्ष, महत्व र विशेषता विषयमा थप अनुसन्धान जरूरी छ ।
(अनुसन्धानमा तर्क र तथ्य जायज हुन्छ । तथ्यपरक अभिलेख प्राप्तिको लागि तर्क र जनश्रुतीले सहयाेग गरेकाे हुन्छ ।)
फाेटाे: Suresh Khwaka Shrestha र सुन्दरक

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article