12 C
Kirtipur
Friday, November 21, 2025

जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

Must read


  दार्चुला ।  महाकाली नगरपालिका-४ बाङ्गाबगर जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोछ भने १० घाइते भएका छन् ।  मधेश प्रदेश-०३ ००१ ज ०३४० नम्बरको जीप लास्कु खोलामा खस्दा चालकसहित १० जना घाइते भएका हुन्। 

घाइतेहरूलाई जिल्ला अस्पताल दार्चुलामा उपचार गर्दागर्दै १ जना भारतीय नागरिक ५५ वर्षीय कालीदेवी नेगीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घाइते एक ७ वर्षीया बालिका किरन आग्रिलाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article