20.8 C
Kirtipur
Tuesday, September 16, 2025

सन्दीपविरुद्ध यौनजन्य कसुरमा जाहेरी

Must read

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीमा जाहेरी परेको छ । काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले मंगलबार लामिछानेविरुद्ध जाहेरी परेको जनाए ।

एक किशोरीले सन्दीपविरुद्ध यौनजन्य कसुरमा जाहेरी दिएको र अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए। सन्दीप हाल क्यारेबियन प्रिमियिर लिग क्रिकेट खेल्न विदेशमा छन्।

एक किशोरीले सन्दीपविरुद्ध जजक कसूरमा प्रहरी बृत्त गौशालामा जाहेरी दरखास्त हालेकी हुन् । लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका बिभिन्न स्थानहरुमा घुमाएर काठमाडौंको एक होटलको कोठामा ल्याइ ६ गते जबर्जस्ती सम्बन्ध राखेको उनको दावी छ ।

प्रहरीदले जाहेरी दर्ता गरी किशोरीको एकद्वार संकट ब्यवस्थापन केन्द्रमा बिस्तृत स्वास्थ्य परीक्षण गराइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाणडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article