24.5 C
Kirtipur
Tuesday, September 16, 2025

नेपाल भ्रमणमा रहेका भारतका जनरल पाण्डे र प्रम देउवाबीच भेटवार्ता

Must read

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका सेनापति मनोज पाण्डेले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका जनरल पाण्डेले आज देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीचको सैन्य सम्बन्धबारे कुराकानी भएको बुझिएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवका अलावा भारतका उच्च सैनिक अधिकृतहरु पनि सहभागी थिए ।

आजै जनरल पाण्डेले नेपाली सेनाका कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गरेका थिए ।

सोमबार जनरल मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी थिइन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article