24.5 C
Kirtipur
Tuesday, September 16, 2025

नाकले सुँघेर दिइने कोभिडविरुद्धको खोपलाई मान्यता

Must read

एजेन्सी । नाकले सुँघेर दिइने कोभिडविरुद्धको खोपलाई मान्यता दिने चीन पहिलो राष्ट्र बनेको छ । क्यानसाइनो नामक गरेको कम्पनीले उत्पादन गरेको उक्त खोपमा सुईको माध्यमबाट दिइने खोपको जस्तै तत्त्वहरू रहेका छन् ।

त्यसमा हाम्रो शरीरलाई कोभिडसँग लड्न सिकाउने जेनेटिक कोडको संवाहकको रूपमा एडेनोभाइरसलाई प्रयोग गरिएको उल्लेख छ ।   

 ‘कोनभिडेसिया एयर’ लाई बाफ जसरी सुँघेपछि पहिलोपटकमा नै त्यसले कोभिडबाट राम्रो सुरक्षा प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । चीन मात्र नभएर बेलायत र अमेरिकाका शोधकर्ताहरूले पनि नेसल स्प्रे भ्याक्सिनको बारेमा अध्ययन गरिरहेका छन् । वैज्ञानिकहरूले यस्ता स्प्रेले शरीरमा कोभिड प्रवेश गर्ने मार्ग नाक र माथिल्लो श्वास नलीमा थप प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने बताएका छन् । 

 द नेसनल मेडिकल प्रोडक्टस एडमिनिस्ट्रेसन अफ चाइनाले क्यानसाइनोको खोपलाई बुस्टर खोपको रूपमा प्रयोग गर्ने अनुमति दिएको छ । पहिले नै सुईबाट खोप लगाएकाहरूलाई यसले थप सुरक्षा प्रदान गर्ने ट्रायलबाट देखिएको उल्लेख गरिएको छ ।  बीबीसी

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article