सोमालियाको राजधानी मोगादिसुको एक लोकप्रिय होटलमा अल–शबाब लडाकूहरूले रातभर घेराबन्दीमा पारेर गरेको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको एक सुरक्षा निकायका अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।
आतङ्ककारीहरूले राष्ट्रपति भवनन जिकैको होटलमा गोली प्रहार गरेको १२ घण्टाभन्दा बढी समयपछि पनि गोली र विस्फोटको आवाज सुनिएको थियो । बन्दुकधारीहरू सरकारी सेनाले घेरिएको होटलको एउटा कोठामा लुकेका राष्ट्रिय सुरक्षा निकायका एक अधिकारी मोहम्मद दाहिरले एएफपीलाई बताएका छन् । ‘अहिलेसम्म हामीले चार जनाको मृत्यु भएको पुष्टि गरेका छौं’, उनले भनेका छन् । अहिलेसम्म घेराबन्दी गरिएको स्थानबाट अन्यको उद्धार गरिएको छ । छिट्टै अवस्था सामान्यमा फर्किने र सरकारी अधिकारीहरु समेत घाइते भएको उनले बताएका छन् ।