19.3 C
Kirtipur
Tuesday, September 16, 2025

क्रिकेटर लामिछाेन लामिछानेलाई थप ५ दिन थुनामा राखिने

Must read

काठमाडौं ।   बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

  २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । 

अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । ‘हामीले बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ । तीन दिनमात्र दिनुपर्छ भन्यौं’ सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘श्रीमान सूर्यबहादुर थापाको बेञ्चले ५ दिन म्याद थप गरेको छ ।’ 

१७ वर्षीया किशोरीले बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article