17 C
Kirtipur
Wednesday, November 19, 2025

सन्दर्भ – एनपीएल : पार्किङ शुल्क उठाएको हो, विमा शुल्क होइन– प्रशान्त महासागर

Must read


कीर्तिपुर । मैले एउटा बारम्बार भन्ने गरेको छु, टियु अर्थात् त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पर्छ । तर आज टियुमा कीर्तिपुर पर्न गएजस्तो ज्यूहजुरको कुरा चल्दैछ ।

भौतिक संरचना बनाउनेदेखि अधिकार लिने कुरामा समेत कीर्तिपुर एक टाढा बस्ती बन्न गएको छ । टियुले कीर्तिपुरलाई हेप्ने, डर धम्की देखाउने कार्य हुनुले समग्र कीर्तिपुरको इज्जतमाथि प्रश्न उठेको छ कि वर्तमान अवस्थामा कीर्तिपुरको भूमिका टियुभित्र के हुन्छ प्रश्न यो भन्दा पनि, के बनाउने हो ? कसरी टियुलाई कीर्तिपुरभित्र पार्ने हो भन्ने नै हुनुहुन्छ । र विगतमा भएका एवम् हुन नसक्ने कमी कमजोरीलाई पन्छाएर वर्तमानबाट भविष्यको यात्रा गर्दा कीर्तिपुरको संरक्षणमा अब टियु हुनैपर्छ भन्ने मेरो बुझाई रहेको छ ।

अर्को हाल कीर्तिपुर टियु क्रिकेट मैदानमा एनपीएल भइरहेको वर्तमान परिप्रेक्ष्यमा पार्किङ शुल्क सम्बन्धी एउटा विवाद सृजना गरेको छ । जहाँ पार्किङ गरिएको हो त्यहाँ साधनको जिम्मेवारी पनि हुनुपर्छ भनिएको छ । यसलाई हामीले यसरी बुझ्नु जरुरी छ कि मनोरञ्जन लिए वापत्त तिरिएको दस्तुर भन्न सकिन्छ जसले फोहर व्यवस्थापन कार्य गर्छन् भने सुरक्षाको प्रत्याभूति पनि दिनेछ । र १००÷– विमा शुल्क होइन सबैले बुझ्नु पर्छ ।

अर्को कीर्तिपुर विकास समाज र कीर्तिपुर नगरपालिकाबीच सहमति नभएको बुझिन्छ जबकी त्यहिँबाट उठेको पैसाले नगरपालिका लगायत अन्य भौतिक संरचना निर्माणमा सहयोग गर्नेछ स्पष्ट भनिएको छ ।

कीर्तिपुर नगरपालिका स्वयम् मैदानमा उत्रेर सबै व्यवस्थापन हामी गर्छौ भन्नुपर्ने समयमा कीर्तिपुर स्वागतद्वारे राखेर पन्छिनु गैरजिम्मेवारी कुरा हुन् । यसमा सुधार हुनुपर्छ । हुनतः यतिभन्दा केही घटकलाई त्यो विरोध लाग्न सक्छ किनभने यहाँ सोच्ने तरिका फरक छ । यहाँ मैले कीर्तिपुर क्षेत्रलाई देशको रुपमा बुझ्ने गरेको छु । “मेरो देश कीर्तिपुरमा एनपीएल भइरहेको छ, यहाँ हुने गतिविधि सबै मेरै जिम्मा हो । मैले मेरो देशको नाम बदनाम गराउनु हुन्नँ” सोचबाट सत्ताको चयन हुनुपर्छ । मलाई त्यस्तो लाग्छ ।

त्यहाँ विद्यमान सबै समस्यालाई सबै मिलेरै समाधान खोज्नु आवश्यक छ । चर्को घाममा पानी पिउन नपाएर छट्पटी लागेको व्यथा व्यापक छ । त्यस्तै भोक होला वा कोहि बिरामी नै होला, ती आदि अन्य व्यवस्थापन जिम्मा लिने आयोजकको रुपमा कीर्तिपुर अग्रसर हुने सोच राख्न सक्नुपर्छ । हुनतः स्थानीय सरकार त्यसको लागि होइन भन्ने भान लाग्न सक्छ । यो आफूलाई बुझ्ने तर्क कम हुनु हो ।

म फेरि भन्दैछु कि कीर्तिपुरमा टियु पर्छ नाकि टियुभित्र कीर्तिपुर । अब पनि यसरी नसोच्ने हो भने गत कार्तिक १६ गते केही विद्यार्थीहरुले चन्दा आतंक मच्चाएर टेण्डर काम रोके यस्तै अन्य निहुँ लिएर एनपीएल राष्ट्रिय गौरवको खेल पनि एकदिन रोक्न आउने छ । त्यतिबेला कीर्तिपुर टियुमै परेको सिद्ध हुनेछ । टियु र क्यानसँगको सम्झौता विपरित अझै पनि २५ लाख चन्दा उठाइयो भने समाचार बाहिरिएको छ । यस्ता चन्दा आतंकबाट राष्ट्रिय गौरवको खेल विवादित हुनु हुन्नँ । त्यस्ता विवाद हुन नदिन अहम भूमिका कीर्तिपुर नगरपालिकाले पनि खेल्नु पर्छ । अझ विशुद्ध कीर्तिपुर नगरपालिकाकै खेलकुद शाखा यसमा सक्रिय हुनुपर्छ । यो कीर्तिपुरको एक गौरव र स्वाभिमानको कुरा पनि हो ।

अन्तमा, स्वागतद्वार राख्दैमा जिम्मेवारी पूरा हुन्नँ । त्यसको लागि जस्तै कीर्तिपुर विकास समाजले पार्किङ लगायत फोहर एवम् सुरक्षाको जिम्मा लिए जस्तै त्यसलाई सहि भन्ने जानकार कीर्तिपुर नगरपालिका हुनुपर्छ । जिम्मेवारी र कर्तव्य दायित्वबाट पन्छिएर समृद्धि आउँछ सोच्नु हुन्नँ । दुइचार शब्द बोलेरै समृद्धि आउने भए नेपालमा भदौ २३ आउने थिएन र २४ ले ताण्डव गर्ने थिएन । समय हुँदै स्थापित र व्यवस्थित हुने विचारतिर कीर्तिपुर उन्मुख हुनुपर्छ । कीर्तिपुर विकास समाजले उत्पादन गरेको रोजगारीलाई मनन् गर्नुपर्छ साथै पुनः विमा शुल्क होइन मनोरञ्जन विकास शुल्क हो पार्किङ व्यवस्था । सबैलाई यति बुझ्न अपिल छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article