16 C
Kirtipur
Thursday, October 30, 2025

कीर्तिपुर सिनेप्लेक्समा कार्तिक १५ गते “इन्दिरा धिमे मैंचा” फिल्म प्रदर्शन हुने

Must read


–ललेन्द्र शाक्य
कीर्तिपुर । भक्तपुरकी नारी धिमेबादक इन्दिरा लाछिमस्युको जीवनीमा आधारित बायोपिक चलचित्र “इन्दिरा धिमे मैंचा” कार्तिक १५ गते शनिबार कीर्तिपुर सिनेप्लेक्स हलमा प्रदर्शन हुने भएको छ ।

एक नारी इन्दिराले धिमेबादन सिक्न के कस्ता संघर्ष गर्न बाध्य भइन् ? चलचित्रमा यही कथाबस्तु समाहित छन् ।

ऐतिहासिक नगरी भक्तपुर तचपालमा जन्मेकी इन्दिरा लाछिमस्युले सन १९९४ (वि.सं. २०५१) तिर समाजमा महिलाले बाजा बजाउन नहुने भन्ने परम्पराको विरोध गर्दै धिमे बाजा बजाउन थालेकी थिइन् । ११ वर्षकै उमेरमा सुरु भएको उनको संघर्ष अहिले पनि प्रेरणादायी छ ।

इन्दिरा नौबाजा र धिमे बाजाको संरक्षण, प्रवद्र्धन र पहिचानको लागि अग्रसर रहिन् । “इन्दिरा धिमे मैंचा” बायोपिक चलचित्रले उनको जीवनको यही संघर्षलाई प्रस्तुत गरेको छ ।

नेवार समुदायमा महिलाले बाजा बजाउन नहुने परम्परा प्रचलित थियो । “छोरीहरूले नाच्ने मात्र, बाजा नबजाउने” भन्ने सोचले समाजमा गहिरो जरो रोपेको थियो । तर इन्दिरा जस्ती युवतीहरूले त्यही परम्पराविरुद्ध आवाज उठाए । “इन्दिरा धिमे मैंचा” चलचित्रमा दर्शकहरुले देख्न सक्नु हुनेछ कि, जब इन्दिरा बाजा बजाउन लाग्छिन्, समाजले विरोध गर्छ । तर अन्ततः उनको संघर्षले नयाँ बाटो खोल्छ ।

चलचित्रका निर्देशक सुरेन्द्र तुलाधर, संगीतकार निल शाक्य, संगीत संयोजन फिरोज बज्राचार्य, कोरियोग्राफर रोहिया महर्जन र छायांकन मुकेश हुमागाईंको रहेको छ ।

“इन्दिरा धिमे मैंचा” चलचित्रभित्र मुख्य भूमिकामा रोजीना सुवाल (इन्दिरा लाछिम्स्युंको रूपमा) र सिम्रिक श्रेष्ठ (युवा इन्दिरा) छन् । इन्दिराको बुबाको भूमिकामा रामराजा भाम र बाजा गुरुका रूपमा देवचन्द्र बज्राचार्यको भूमिका रहेका छन् ।

यस्तै, अन्य कलाकारहरूमा रूपेन्द्र श्रेष्ठ, नगिना जोशी, लक्ष्मीकुमार महर्जन उदास, ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ आदि रहेका छन् ।

बिके फिल्मले निर्माण गरेको “इन्दिरा धिमे मैंचा” चलचित्रको मुख्य निर्माता गोपालकृष्ण महर्जन, सह–निर्मातामा सुरेन्द्र शाक्य, गोपालकाजी कायस्थ, र गोविन्द महर्जन रहेका छन् ।

“इन्दिरा धिमे मैंचा” चलचित्र समाजमा महिलाको भूमिका, साहस र परिवर्तनको प्रतीकका रूपमा अर्थपूर्ण बन्न सक्छ ।

कीर्तिपुर सिनेप्लेक्स हलमा कार्तिक १५ गते शनिबार विहान ११ बजे प्रदर्शन हुने “इन्दिरा धिमे मैंचा” चलचित्र प्रदर्शन आयोजकको रुपमा कीर्तिपुर नगरपालिका १० वडा चिथु बिहारस्थित सनस्टार क्लब र तालतन्त्र दाफा मुना खलः रहेका छन् ।

“इन्दिरा धिमे मैंचा” चलचित्र सोही दिन कार्तिक १५ गते शनिबार बिहान ११ः३० बजे विश्वज्योति हलमा पनि प्रदर्शन हुने भएको छ । साथै कार्तिक २२ गते काठमाडौंको सिटिसी मलमा दिउँसो १ः३० बजे र बनेपाको बामेलमा पनि शो हुने जानकारी “इन्दिरा धिमे मैंचा” चलचित्रका कलाकार लक्ष्मीकुमार महर्जन उदासले दिनुभएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article