20 C
Kirtipur
Wednesday, October 29, 2025

सगरमाथा आधार शिविर नजिक अल्टिच्युड एयर दुर्घटना

Must read

काठमाडौं । बुधबार बिहान सगरमाथा आधार शिविरनजिकै हेलिकप्टर दुर्घटना भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार लुक्लाबाट उडेको अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

हालै हिमपातका कारण लबुचेमा फसेका पर्यटकहरुको उद्धार गर्न गएको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा चालक विवेक खड्का मात्रै थिए । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार हेलिकप्टरका पाइलट खड्का सकुशल छन् । दुर्घटना हुँदा हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले पुष्टि गरेका छन् ।

लुक्ला विमानस्थलका अनुसार बिहान ८ः१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । अवतरणका क्रममा हेलिप्याडमा चिप्लिएपछि हेलिकप्टरमा क्षति पुगेको छ । हेलिकप्टरमा आगलागी भने भएको छैन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article