20 C
Kirtipur
Wednesday, October 29, 2025

जापानका पूर्वप्रधानमन्त्री शिन्जो अबे हत्या प्रकरण : अभियुक्तले अपराध स्वीकारे

Must read

काठमाडौं । हत्या भएको तीन वर्षपछि जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याका अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् । अदालतमा सोधपुछको क्रममा उनले ‘सबै कुरा सत्य हो’ भन्दै हत्या गरेको स्वीकारेका हुन् ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो अबेका हत्यारा ४५ वर्षीय यामागामीले जापानको नारा जिल्ला अदालतमा उपस्थित भएर हत्या र हतियारसम्बन्धी कानूनी उल्लंघनका आरोपमा भएको सुनुवाईको पहिलो दिन नै अभियोग स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका शिन्जो आबेमाथि पश्चिमी जापानको नारा सहरमा चुनावी सभामा बोलिरहेका बेला सन् २०२२ जुलाई ८ मा गोली प्रहार भएको थियो । लगत्तै पक्राउ परेका यामागामीले आफैंले बनाएको हतियारबाट गोली प्रहार गरेको खुलेको थियो । गोली लागेर गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा केहीबेरमै निधन भएको थियो ।

हत्यारा यामागामीले बदला लिन आफूले स्वनिर्मित हतियार प्रयोग गरेर आबेको हत्या गरेको समेत स्वीकारेका अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै जापानी समाचार अनलाइन जापान टाइम्सले जनाएको छ ।

हत्यारा यामागामीले आबेलाई युनिफिकेशन चर्च भन्ने विवादास्पद धार्मिक समूहलाई समर्थन गरेको आरोप लगाएका छन् । सो चर्चका कारण आफ्नो परिवार आर्थिक रूपमा धराशायी बनेको उनको आरोप छ ।

समाचार अनुसार यामागामीकी आमाले उक्त चर्चलाई करिब १० करोड येन (लगभग ६ लाख ६३ हजार अमेरिकी डलर) दान गरेकी थिइन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article