18 C
Kirtipur
Thursday, October 30, 2025

दुर्गा प्रसाईँले मेचीदेखि महाकालीसम्म यातायात र व्यापार व्यवसाय बन्द हुनेगरी आन्दोलन गर्ने घोषणा

Must read

काठमाडौं ।

अब हुने आन्दोलनमा पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म व्यापार व्यवसायदेखि यातायात बन्द गराउने राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले बताएका छन् । आइतबार राजधानीमा सम्पादकहरुसँग अन्तक्र्रिया गर्दै प्रसाईँले अबको आन्दोलन सफल भएर नै छाड्ने बताएका छन् । आफूहरुले सुरु गरेको आन्दोलन सफल नभएको खण्डमा देशबाट ५० लाख मान्छे विस्थापित हुने अवस्थामा रहेको पनि प्रसाईँले खुलस्त गरेका छन् । प्रसाईँले भनेका छन्, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामी यातायात बन्द नै गर्छौं । व्यापार–व्यवसाय बन्द नै हुन्छ । अब पनि यो आन्दोलन सफल भएन र नेपालीको हातमा र नेपालको माटो सुहाउँदो, नेपालीहरुले जितेनन् भने अब ५० लाख मान्छेहरु विस्थापित हुँदैछन् यो देशबाट । भुगोल रहला, तर नेपाली नागरिक रहँदैनन् ।’ व्यवस्था परिवर्तन गर्नका लागि सबै जना लाग्नुपर्ने धारणा राख्दै प्रसाईँले आफूहरुले आन्दोलनको मिति अबको ५÷७ दिनपछि तोक्ने बताएका छन् । प्रसाईँले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने र अबको आन्दोलन नेपाल र नेपाली जोगाउनका लागि रहेको दाबी गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article