17 C
Kirtipur
Monday, October 20, 2025

नेपाली नोटमा समावेश हुने भो नेपाल संवत

Must read

भक्तपुर

नेपाली नोटमा यस वर्षदेखि नेपाल संवतको तिथि उल्लेख गरिने भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान भक्तपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल संवत् ११४६ नयाँ वर्षको दिन आगामी कार्तिक ५ गते बुधबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा शंखधर साख्वाःको शालिकमा हुने माल्यार्पण कार्यक्रममा त्यसको औपचारिक घोषणा गर्ने गरी सहमति भएको जानकारी दिइयो । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा त्यसबारे सहमति भएको र बुधबार औपचारिक घोषणा गरिने बताए । प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले भने, ‘नेपाल संवत् नेवार समुदायको मात्रै होइन, सिङ्गो नेपाल र सबै नेपालीको आफ्नै मौलिक संवत् हो । यसबारेमा प्रधानमन्त्रीसँग छलफल भयो र बुधबारको कार्यक्रममा घोषणा गर्ने तयारी छ ।’ प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले नेपाल संवतको नयाँ वर्षको दिन बुधबार प्रधानमन्त्री कार्कीबाट कार्यक्रमको उदघाटन भई शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताए । यस्तै राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको तयारी पूरा भएको जानकारी गराउँदै देश तथा विदेशमा शंखधर साख्वाःको योगदान, नेपाल संवतको महत्व तथा यसलाई कार्यान्वयनमा ल्याउन पहल गरिरहेको र देश तथा विदेशका विभिन्न ठाउँमा शंखधर साख्वाःको शालिक स्थापना गर्ने काम भइरहेको बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article