25 C
Kirtipur
Friday, October 17, 2025

स्वतन्त्र संसार महर्जनको आत्मकथा “ झीरमा उनेको मान्छे“ कार्तिक २ गते लोकार्पण हुने

Must read

कीर्तिपुर ।

कार्तिक २ गते आइतबार एक अद्भूत व्यक्तित्वका धनी कलाकार स्वतन्त्र संसार महर्जनको आत्मकथा “झीरमा उनेको मान्छे” लोकापर्ण हुँदैछ । आफ्नो कलाकारिता प्रतिभा प्रस्तुत गर्दै जीवनमा गन्तव्यतिर यात्रारत कलाकार स्वतन्त्र संसार महर्जन दैवको लीला अपरम्पार भनेझैं गत असार २८ गते अकस्मात् यो संसारबाट बिदा भए । आफ्नो जीवनकालमा एउटा असाध्य डरलाग्दो रोगसंग जुझिरहेका स्वतन्त्र संसार महर्जन कलाकारिताको उन्नयन ह्वील चेयर र सहयोगीको सहयोगमा निरन्तर कलाकारिता क्षेत्रमा समर्पित व्यक्तित्व थिए भने स्वतन्त्र संसार महर्जनले संसार क्रियसन्स नेपाल लगायत संसार्स संगीतालय आदि जस्ता बहुमूल्य संस्थाहरु स्थापना गरी अविष्मरणीय पाइलाहरु चाल्नु भएको थियो । उनै अद्भूत र अद्वितीय प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनले आफ्नो जीवनकालमा नै एउटा आत्मवृतान्त लेख्न शुरु गरेका थिए । सो कृतिका लेखक दिपक विवश ’आँशु’ले स्वतन्त्र संसार महर्जनको आत्मकथा लेख्न शुरु गरेका थिए । “स्वतन्त्र संसार महर्जन (झीरमा उनेको मान्छे)“ शीर्षक राखेर लेखिएको कृति ’झीरमा उनेको मान्छे (स्वतन्त्र संसार महर्जन)’ लाई “युग नायक अमर कलाकार“को जीवन परिचय का रुपमा लिन सकिने कुरा कृतिका लेखक आँशुले बताए । दिपक विवश ’आँशु’ ले यो उपाधि असत्य वा कल्पित हैन, सत्यताको परिचायक हो भनि बताए । उनै युग नायक अमर कलाकार स्वतन्त्र संसार महर्जनको आत्मकथा “स्वतन्त्र संसार महर्जन (झीरमा उनको मान्छे)“ कृति आउँदो ने.सं. ११४५ कौलागा त्रयोदसी (कार्तिक २ गते) आइतबार कार्यविनायक बुंगमती खोकनामा लोकार्पण हुने भएको छ । ललितपुर जिल्लाको खोकना क्याटरिङ पार्टी भेन्यू कार्यविनायक, बुंगमतीमा कार्तिक २ गते आइतवार विहान ११ बजे स्वतन्त्र संसार महर्जनको आत्मवृतान्त “स्वतन्त्र संसार महर्जन (झीरमा उनेको मान्छे)“ लोकार्पण समारोहमा सम्पूर्ण कला प्रेमीहरुको उपस्थितिको लागि आयोजक संसार क्रियसन्स नेपालले अनुरोध गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article