18 C
Kirtipur
Friday, October 17, 2025

प्रम सुशीला कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, अनुसन्धान सुरु ग¥यो साइबर ब्यूरोले

Must read


काठमाडौं । प्रहरीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुकलगायतका फेक आईडी बनाएर विभिन्न सूचनाहरु सम्प्रेषण गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति समेत जारी गरेर ती अकाउन्ट नक्कली रहेको बताएको थियो । यसरी प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्ट खोलेर सञ्चालनमा ल्याउनेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले अनुसन्धान अघि बढाइएको बताए ।

केही व्यक्तिलाई कार्यालय बोलाएर सोधपुछ समेत सुरु गरिएको छ । अहिलेसम्म भने कोही पक्राउ नपरिसकेको प्रहरीले बताएको छ ।

२६ अकाउन्ट बन्दका लागि पत्राचार

प्रधानमन्त्री सुशीला कार्कीको नाममा अहिलेसम्म २६ वटा नक्कली अकाउन्ट खोलिएको पाइएको छ । प्रधानमन्त्री कार्कीको नाममा २६ वटा सामाजिक सञ्जाल अकाउन्ट नक्कली देखिएपछि ती अकाउन्ट बन्द गर्ने प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि ब्यूरोले इमलेमाफर्त सम्बन्धित कम्पनीमा पत्राचार गरेको छ । केही बन्द भइसकेको र केही बन्द हुने प्रक्रियामा रहेको बताइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article