21 C
Kirtipur
Wednesday, September 17, 2025

किशोरी बलात्कार घटना : बच्चा जन्मेपछि पर्दाफास, एकजना गिरफ्तार

Must read

काभ्रेपलाञ्चोक – यही साउन २० गते मंगलबार सिन्धुपाल्चोककी एक किशोरीलाई पेट दुख्न थाल्यो । त्यसपछि ती किशोरीलाई उपचारका लागि अस्पताल लगियो । सोही दिन ती किशोरीले अस्पतालमा शिशुलाई जन्म दिइन् । पेट दुखेको भनेर अस्पताल आएकी अविवाहिता ती किशोरीले बच्चा जन्माएपछि अस्पतालले प्रहरीलाई खबर ग¥यो । प्रहरीले सोधपुछ गर्ने क्रममा ती किशोरीले बलात्कारबाट गर्भ रहेको बताइन् ।

यही क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव खरेलका अनुसार किशोरीले विभिन्न समयमा आफूलाई जबरजस्ती करणी गरेको भनेपछि अनुसन्धानका लागि सिन्धुपाल्चोककै ५० वर्षीय एक पुरुषलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

प्रहरीका अनुसार बलात्कारबाट गर्भ बसेको कुरा पीडित किशोरीले सुरुमा आफ्ना परिवारलाई समेत जानकारी नगराएको खुलेको छ ।

प्रहरी प्रवक्ता खरेलले भने, “पेटमा दुखेको भनेर अस्पताल ल्याइएकी ती किशोरीको परिवारले समेत गर्भवती भएको पत्ता नपाएको पाइयो।”

घटनाको गाम्भीर्यतालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिमाथि प्रहरीले जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article