21.6 C
Kirtipur
Tuesday, September 16, 2025

दुई जना मन्त्रीसहित ८ जनाको मृत्यु : घानामा सैनिक हेलिकोप्टर दुर्घटना

Must read

दुई जना मन्त्रीसहित ८ जनाको मृत्यु हुनेगरी घानामा सैनिक हेलिकप्टर दुर्घटना भएको छ ।

घानाका रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्युहुनेगरी घानाको दक्षिणी असान्ती क्षेत्रमा उक्त हेलिकोप्टर दुर्घटनामा भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए ।

मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल अबोआग्ये रहेका छन् ।

यस्तै, तीन जना चालक दलका सदस्यहरूमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम–अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साह रहेका छन् ।

राजधानी अक्राबाट ओबुआसीतर्फ जाँदै गरेको जेड ९ हेलिकप्टरसँग सम्पर्क टुटेको जानकारी दिइएको थियो । हेली ओबुआसी दक्षिण घानाको एक प्रमुख खानी क्षेत्र हो ।

राष्ट्रपतिको कार्यालयबाट जारी भिडियो सन्देशमा यो दुर्घटनालाई ‘राष्ट्रिय विपत्ति’ भन्दै समवेदना व्यक्त गरिएको छ । राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रपति कार्यालयले झण्डा आधा झुकाउन भनेको छ ।

यो पछिल्लो समय घानामा भएको ठूलो दुर्घटना हो । यसअघि सन् २०१४ र २०२१ मा पनि घानामा यस्तै विमान दुर्घटना भएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article