19.3 C
Kirtipur
Tuesday, September 16, 2025

राजेश महर्जनको “का नु वने जिम्थाय् मैंचा” सार्वजनिक, सुविन श्रेष्ठको “अमाइबलय् वयेमखु” प्रदर्शन

Must read

कीर्तिपुरका चर्चित गायिका रत्नशोभा महर्जन एवं गायक राजेश महर्जन नेवाःको“का नु वने जिम्थाय् मैंचा” म्यूजिक भिडियोसार्वजनिकीकरण कार्यक्रम श्रावण १७ गते शनिबार सम्पन्न भएको छ । कीर्तिपुर पांगास्थित कीर्तिपुर सिनेप्लेकस हलमा भएको “का नु वने जिम्थाय् मैंचा” म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा कीर्तिपुर १ वडा थांबहाः दाफा खलःका संयोजक एवं कीर्तिपुर नगरका पूर्व मेयर रमेश महर्जनको सभापतित्वमा सम्पन्न भएको हो । थांबहाः दाफा खलः तथा नेवाः लहना कीर्तिपुरको आयोजनामा भएको “का नु वने जिम्थाय् मैंचा” म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा गायक राजेश महर्जन नेवाःका गुरुहरु थांबहाः दाफा खलःका दाफा गीत गुरु चक्रमान महर्जन एवं बाजागुरु चिरिभाई महर्जन “हाकुम्ह गुरुबा” द्वयलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा बरिष्ठ संगीतकर्मी एवं संगीत अन्वेषक रामकृष्ण दुवाः, लोककवि राजभाई जकःमि, बरिष्ठ संगीतकर्मी गायक जुजुकाजी रंजित, कीर्तिपुरका बरिष्ठ संगीतकर्मी ज्ञानेश्वर निभाः, नेवाः लहनाका अध्यक्ष राजमान मानवका साथै प्रथम नेपालभाषा म्यूजिक भिडियो निर्देशक एवं प्रथम नेपालभाषा सिने पत्रकार तथा समीक्षक विजयरत्न असंबरेंउपस्थित हुनुभएको थियो । हालको समय चर्चित कलाकार राष्ट्रिका शाक्य एवं अनुज शाक्यको प्रमुख भूमिका रहेको “का नु वने जिम्थाय् मैंचा” म्यूजिक भिडियो सार्वजनिक पछि समीक्षक विजयरन्त असंबरेले उक्त सार्वजनिक भएको म्यूजिक भिडियो “का नु वने जिम्थाय् मैंचा” को समीक्षा गर्नुभएको थियो भने कार्यक्रममा सभापति यानादीगु आयोजक संस्था थांबहाः दाफा खलःका संयोजक एवं कीर्तिपुर नगर पूर्व मेयर रमेश महर्जनले आफ्नो मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो । गायक राजेश महर्जन नेवाःको रचना एवं कम्पोज रहेकोउक्त सार्वजनिक भएको “का नु वने जिम्थाय् मैंचा” म्यूजिक भिडियो ज्योति म्यूजिकको युट्युब च्यानलमा अपलोड भएको छ । उक्त “का नु वने जिम्थाय् मैंचा” म्यूजिक भिडियोका निर्देशक राजन शाही तथा सम्पादन एवं छायाँकन मनोजरत्न शाहीले गर्नुभएको छ । यस्तै, “का नु वने जिम्थाय् मैंचा” म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा राजेश महर्जन नेवाःद्वारा संगीतबद्ध एवं कीर्तिपुरकै गायक सुविन श्रेष्ठको स्वर तथा ललेन्द्र शाक्यको गीत रचना एवं निर्देशन रहेको आजभन्दा १० वर्ष अगाडिको “अमाई बलय् वयेमखु पुन्ही बलय् वये…” बोलको गीतको म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । उक्त १० वर्ष अगाडिको “अमाई बलय् वयेमखु पुन्ही बलय् वये…” म्यूजिक भिडियोलाई केही परिमार्जित गरी नयाँ सम्पादक लकस शाक्यले सम्पादन गर्नुभएको म्यूजिक भिडियो हो । यस म्यूजिक भिडियो पनि ज्योति म्यूजिक यूट्युब च्यानलमा अपलोड भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article