19.3 C
Kirtipur
Tuesday, September 16, 2025

चक्रे मिलन ४७ जनाका साथ किन गिरफ्तारीमा परे?

Must read

गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले पक्राउ गर्नुको कारण शान्ति सुरक्षामा खलल पु¥याएको दाबी गरेको छ ।

बिहिबार राती चक्रे मिलनसहित प्रहरीले चक्रपथबाट ४७ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई भद्रकालीस्थित् प्रहरी परिसरमा राखिएको छ ।

उनीहरु सबै जना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीबाट नियन्त्रणमा परेका हुन् । बर्थडे पार्टी सेलिब्रेशन गर्ने नाममा चक्र मिलनको समूहले सो क्षेत्रमा शान्ति सुरक्षामा खलल पु¥याएको प्रहरीको दाबी छ ।

पछिल्लो समय चक्रे मिलन गाडीहरुको लावालस्कर लगाएर हिँड्ने गरेका छन् । सोसल मिडियामा सार्वजनिक भिडिओहरुमा उनी ठूलो समूह लिएर हिँड्ने गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article