22.2 C
Kirtipur
Tuesday, September 16, 2025

“पहिला सरकार ढाल्ने प्रयास गर्नुस्, त्यसपछि नयाँ खेलहरू सुरु हुन्छन्” – शेखरको आह्वान प्रचण्डलाई

Must read

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रयास गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुझावका साथ आह्वान गरेका छन् ।
बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको भेटका क्रममा डा. शेखर कोइरालाले प्रचण्डलाई आह्वानका साथ यस्तो सुझाव दिएका हुन् ।

विशेष स्रोतका अनुसार प्रचण्ड–शेखर छलफलका क्रममा प्रचण्डले जनताको आशा कोइरालामा रहेको बताएका थिए । तर, संसदीय दलको नेता शेखर नभएको प्रसंग प्रचण्डले उप्काएका थिए । त्यसपछि शेखरले पनि प्रचण्डलाई भने, “पहिला यो गठबन्धन सरकार प्रमुख प्रतिपक्षी दलको नेता भएकाले ढाल्ने प्रयास गर्नुस् न । त्यसपछि पो नयाँ खेलहरू सुरु हुन्छन् । दलको नेता, प्रधानमन्त्री को बन्ने र कसरी अघि बढ्ने भन्ने कुरा हुन्छ ।”

प्रचण्ड–शेखरको दिउँसो तीन बजेदेखि पाँच बजेसम्म दुई घण्टा भएको छलफलमा प्रचण्डले कोइरालालाई भनेका थिए, “जनताको आशा तपाईंसँग छ । तर, कांग्रेसमा दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन सकिन्नँ । तपाईं दलको नेता बन्न सक्नु भएन ।”

त्यसपछि शेखर कोइरालाले वर्तमान एमाले– कांग्रेस गठबन्धन रहँदासम्म आफू दलको नेता बन्न नसक्ने बताएको स्रोतको भनाइ छ । कोइरालाले भेटमा कांग्रेस र एमाले मिलेर बलियो गठबन्धनको सरकार बनाउने भनेर आफू नै लागेको समेत बताएका थिए ।

तर, त्यस्तो सरकार बने पनि जनताले एक वर्षसम्म आशा गर्ने ठाउँ नपाएको शेखर कोइरालाको भनाइ थियो । जवाफमा प्रचण्डले आफूले सुशासनका लागि काम गर्दागर्दै गर्न नदिइएको धारणा समेत राखेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article