काठमाडौं÷आउँदो साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी गर्न नेपाल शिक्षक महासंघले नेपाल सरकारलाई अल्टिमेटम दिएको छ ।
काठमाडौंको पद्यमोदय माध्यमिक विद्यालयमा शुक्रबार एक पत्रकार सम्मेलन गरेर शिक्षक महासंघले २० दिनभित्र विद्यालय शिक्ष ऐन जारी नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
शिक्षक महासंघले आफूहरु र नेपाल सरकारबीच भएको सहमति बमोजिम अग्रगामी विद्यालय शिक्षा विद्येयक संसदमा पेश गरी साउन २१ गतेभित्र पारित गर्न सरकारको ध्यानाकार्षण गराएको जानकारी दिएको छ ।