19.3 C
Kirtipur
Tuesday, September 16, 2025

‘विरांगना कीर्तिलक्ष्मी’ को मूर्ति कीर्तिपुरमा

Must read

जेठ १९ गते
कीर्तिपुरमा विरंगना कीर्तिलक्ष्मीको मूर्ति राख्ने अन्तिम चरणमा पुगेको छ । कीर्तिपुरको बाघभैरव मन्दिरको पूर्व गढपर्खालसंगै कीर्तिपुर नगरपालिका वडा नं. १० को सीमानामा करिव ६ फिटको कीर्तिलक्ष्मीको मूर्ति राख्ने तयारी गरको छ । गत जेठ १७ गते शुक्रवारको दिनमा कीर्तिलक्ष्मीको उक्त मूर्ति जात्रा गरि कीर्तिपुरमा ल्याएको थियो भने कीर्तिपुरमा परिक्रममा पश्चात बाघभैरव क्षेत्रमा राखेको थियो । कलाकार योगेश महर्जनले स्केज गर्नु भएको र कलाकार महेश तुलाधरले उक्त मूर्ति निर्माण गर्नु भएको हो ।
बागमती प्रदेशका सांसद एवं पुर्वमन्त्री पुकार महर्जनको पहलमा बागमती प्रदेशको योजना अनुसार नै कीर्तिपुरमा कीर्तिलक्ष्मीको मूर्ति राख्ने कार्य अन्तिम चरणमा पुगेको हो । सो कार्यका लागि नजरराम महर्जनको संयोजकत्वमा कीर्तिलक्ष्मी प्रतिमा निर्माण व्यवस्थापन समिति गठन गरेको थियो भने शुद्धरत्न महर्जनको नेतृत्वमा उपभोक्ता समिति गठन गरेको थियो । यी दुई समितिको निरन्तर प्रसास पछि हाल कीर्तिलक्ष्मीको मूर्ति राख्ने अन्तिम चरणमा पुगेको हो ।
कीर्तिपुरमा कीर्तिलक्ष्मीको मूतिृ राख्ने सवालमा २०७६ सालदेखि नै ब्यापक रुपमा बहस र पहलकदमि भएको थियो । निरन्तर रुपमा प्रयास पछि हाल २०८२ सालमा आएर मात्र कीर्तिलक्ष्मीको मूर्ति राख्न सक्ने अवस्थामा पुगेको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article