कीर्तिपुर नगरपालिकाका पूर्व मेयर एवं एमालेका नेता रमेश महर्जनले पार्टीको समिक्षा बैठकमा पार्टी परित्याग गर्ने संकेत गरेको भनी सामाजिक सञ्जालमा ब्यापक रुपमा प्रचार प्रसार भइरहेको छ । पूर्व मेयर महर्जनकोभ भनाई भन्दै कीर्तिपुरका विभिन्न ब्यक्तिहरुले आ आफ्नो धारणा राख्नृुका साथै टिप्पणीहरु गर्न थालेका छन् । सामाजिक सञ्जालमा चर्चा भएको विषय यस्तो छ ‘नेकपा (एमाले)को संगठन अब शून्यबाट सुरू हुनुपर्दछ, म अब आफ्नो संगठित सदस्य नविकरण गर्दिन, पार्टीको यहि मञ्च मेरो अन्तिम हुनेछः रमेश महर्जन, पूर्वमेयर, कीर्तिपुर नपा ।’
समाजिक सञ्जालमा चर्चा बनेको यो विषयलाई लिएर कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनसंग कीर्तिअनलाइनले सम्पर्क गर्दा आफूले यो मेरो अन्तिम हुन सक्छ भन्ने कुरा बताएको स्वीकार गर्नु भयो । स्थानीय तहको उपनिर्वाचन पछिको समिषा बैठकमा आफूले पार्टीका नेता कार्यकर्ताहरुसंग छलफल गरिरहेको र चित्त नबुझेको अवस्थामा पार्टीको यहि अन्तिम मञ्च हुन सक्ने भन्दै आफूले संकेत भने दिएको बताउनु भयो । पूर्व मेयर एवं एमालेका नेता महर्जनको कुरा सामाजिक सञ्जालमा ब्यापक भएपछि कीर्तिपुरको राजनीतिक क्षेत्रमा यो विषय अत्यन्तै चासो बनेको छ ।
फाइल तस्बिर