20.8 C
Kirtipur
Tuesday, September 16, 2025

संविधानको दायराभन्दा बाहिर जाने छुट नभएकाे खुलासा

Must read

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन्।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुकी प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। 

राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि अस्वीकार गरेकोमा आलोचना भइरहेको छ।  यसबारे उपराष्ट्रपतिले बुधबार विज्ञप्ति जारी गर्दै संविधान संरक्षकबाट संविधान पालना नभएको आवाज उठ्नु दु:खद भएको पनि बताएका छन्। 

‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ।

पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो,’ उनले भनेका छन्।

संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको पनि उनको भनाइ छ। उनले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबैसँग आग्रह गरेका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article