21.6 C
Kirtipur
Tuesday, September 16, 2025

क्रिस्टियानो रोनाल्डो प्रभावशाली फुटबलर

Must read

एजेन्सी ।  पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो कतारमा आयोजना हुने फिफा विश्वकपको दौरान सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेयमार र फ्रान्सका केलियन एमबाप्पेलाई पछि पार्दै रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर बनेका हुन् । 

एनालिस्ट कम्पनि निल्सन स्पोर्ट्सको विवरण अनुसार म्यानचेस्टर युनाईटेडका रोनाल्डोको औषत प्रति पोस्ट मूल्य ३.५ मिलियन भन्दा बढी रहेको छ ।  इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स गत वर्षको भन्दा ४७ प्रतिशतले बढेको देखिएको छ । रोनाल्डोको फलोअर्स ४८० मिलियन रहेको छ। 

सूचीको दोस्रो स्थानमा मेस्सी, तेस्रोमा नेयमार र चौंथोमा केलियन एमबाप्पे र पाँचौंमा भिनिसियस जुनियर रहेका छन् ।  इंग्ल्यान्डका जाडोन सान्चो सबैभन्दा प्रभावशाली बेलायती खेलाडीको सूचीमा छन् ।

एनालिस्ट कम्पनिले कतारमा हुने २०२२ को विश्वकपमा सहभागी हुने अपेक्षा गरिएका खेलाडीहरूको श्रेणी निर्धारण गरेको हो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article