15 C
Kirtipur
Tuesday, November 25, 2025

अन्तरिम सरकारको मन्त्रिपरिषदले ग¥यो १४ निर्णय

Must read

काठमाडौं ।

अन्तरिम सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंसीर ८ गते सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । मन्त्री खरेलका अनुसार, बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रति वर्गमिटर रु. २० बाट घटाइ मासिक भाडादर प्रति वर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ । त्यस्तै, ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरेको पनि बताएका छन् । नेपाल प्रहरीको हालको दरबन्दीभित्रै पद–मिलान तथा कार्यालय संरचना समायोजनका साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको पनि बताए । यस्तै, सरकारले युरोपियन युनियनबाट ग्रिन एण्ड रिलायवल इनर्जी फर इकोनोमिक परियोजनाको लागि प्राप्त हुने २३.५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article