ललितपुर ।
चापागाउँ दोबाटोमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान ना.३ ख ४७४५ नम्बरको ट्रक र बा.प्र ०२–०१९ प ६६८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–५ भत्केकोपाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेत रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सुशान्तको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।





