17 C
Kirtipur
Thursday, November 27, 2025

त्रिविका उपकुलपतिसंग कीर्तिपुर नगरका मेयर डंगोलबीच वार्ता

Must read


कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको अनुरोधमा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलसंग उपकुलपति प्रा.डा. अर्यालले वार्ता गरेको छ ।

मंसीर ११ गते बिहिबार त्रिवि परिसरमा भएको उक्त वार्तामा त्रिविका उपकुलपति प्रा.डा. अर्याल, कीर्तिपुर नगरपालिका नगर प्रमुख डंगोलका साथ कीर्तिपुर–त्रिवि वार्ता टोलीका संयोजक दीपेन्द्र आचार्य एवं सदस्य सचिव कीर्तिपुर नगरपालिका १० वडाका वडाध्यक्ष नरेश महर्जनका साथ वार्ता टोलीका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
वार्ता टोलीका एक सदस्यले उक्त वार्तामा आजसम्म भए, गरेका सम्झौता एवं त्यसको कार्यान्वयनको विषयमा छलफल भएको जानकारी दिएको छ ।
उक्त वार्तामा त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयको सिनेटमा कीर्तिपुर नगरको नगर प्रमुखलाई पदेन सदस्य नियुक्त गर्ने विषयमा आज बिहिबारको वार्ता पश्चात नै पत्राचार गर्ने र थप सम्झौता कार्यान्वयनका लागि त्रिविको टोली गठन गरी अघि बढ्ने विचारका साथ प्रतिबद्धता जनाउनु भएको जानकारी वार्तामा सम्मिलित वार्ता टोलीका एक सदस्यले दिनुभएको छ।


यस्तै, वार्तामा सहभागी हुनुभएका कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले वार्ता पहिलो चरणको भएको र सकारात्मक रुपमा वार्ता टुंगेको बताउँदै त्रिविका उपकुलपतिसंग पहिलो पटकको वार्ता भएको जानकारी दिनु भएको छ
तस्बिर :–विरेन्द्र शाक्य

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article